हुम्लाको खर्पुनाथ गाउँपालिकामा नेकपा विजयी

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाका उम्मेदवार रूपा शाही विजयी भएकी छन् ।  शनिबार भएको उपनिर्वाचनमा शाहीले जीत हासिल गरेकी  हुन । आइतबार दिउँसो सम्पन्नन मत गणनामा शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत ल्याएकी छन्। राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata