नेपाल कम्युनिष्ट पार्टीेले भन्यो, ‘सरकारको लम्पसारवादी चरित्र र चिन्तनले नेपालीलाई लज्जाबोध’

सोमवार, बैशाख ३१, २०७५



ढल्केवर/नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी पक्षधरको एकता अपरिहार्य भएको निष्कर्ष निकालेको छ । पार्टीको आठौं केन्द्र्रीय समितिको बैठकले नयाँ जनवादी क्रान्तिका पक्षधरबीचको एकतालाई अगाडि बढाउने निर्णय गरेको छ ।  बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा नेपाल सरकारले देखाएको लम्पसारवादी चरित्र र चिन्तन नेपालीलाई लज्जाबोध गराएको निष्कर्ष निकालेको छ । असमान सन्धिहरूको खारेजी र कुनै पनि सन्धिसम्झौताका लागि राष्ट्रिय सहमति, नेपालको हात माथि पर्ने गरी र राष्ट्रिय स्वाधीनता कायम हुने गरी गर्नका लागि सुझाईएको छ ।

देशको राजनीतिक परिदृष्य संसदवादी कित्ता र जनवादी कित्तामा विभक्त हुँदै गइरहेको र संसदवादले नेपाली जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने भएकाले त्यसका विरुद्ध नयाँ जनवादी क्रान्तिका पक्षधरबीचको एकतालाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।  भुकम्पका कारण आजसम्म पनि पाल मुनि जीवन धान्न बाध्यहरूलाई यथाशीघ्र राहत रकम उपलब्ध गराउन जोडदार माग गर्दै पुनर्निर्माणका लागि सहुलियत ऋणप्रवाहको अवस्थालाई सरलिकरण र सहजिकरण गर्न पनि माग गरेको छ ।

अब बन्ने बजेटमा राष्ट्रिय उद्योग धन्दाको स्थापनाका लागि ठोस बजेट विनियोजन गर्ने, राष्ट्रिय गौरव आयोजनाको निर्माण तदारूकताका साथ गर्न सरकारको ध्यानाकर्षण गरेको छ । जलविद्युत निर्माणमा अरूण तेश्रो, माथिल्लो कर्णाली जस्ता सस्ता र ठूला आयोजनाहरू नेपाललेनै निर्माण गर्ने कामको नेतृत्व गर्ने काम गर्न यो सरकारले गर्न नसक्ने भएकाले यसका विरूद्ध एक हुन र संघर्षमा सहभागी हुन समेत बैठकले आह्वान गरेको छ ।

बैठकले आगामी चैत्र महिनासम्ममा एकताको दोश्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ । ऋषि कट्टेलको संयोजकत्वमा हाल ३३ सदस्यीय आयोजक समिति गठन भएकोमा सचिवालयले थप मनोनयन गर्न सक्ने, सम्मेलनको तयारिका लागि, संयुक्त संघर्ष, पार्टी एकताको सन्दर्भ र संगठन सम्बन्धित आवश्यक निर्णय गर्ने अख्तियारी सहित ९ सदस्यीय सचिवालय गठन गरेको छ । सह संयोजकमा लोकनारायण सुवेदी, सचिवालय सदस्यहरूमा आरबी भण्डारी, हरिदेव ज्ञवाली, शरणविक्रम मल्ल, रत्नप्रसाद जोशी, भीम सेढाँईं, कृष्णहरि भट्ट र सीता सुवेदी रहेका छन् ।

144 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank