प्रचण्डले विभाजनको आधार खोजेपछि एकता घोषणा सभा प्रभावित भएको खुलासा

सोमवार, बैशाख १०, २०७५



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा बैशाख ९ गते पार्टी एकता घोषणा सभा गर्ने तयारी गरे । एकताका लागि गठित दुवै कार्यदलले पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउँदै बैशाख ९ गते नै एकताका लागि उपयुक्त हुने सुझाव दिए । दुवै पार्टीका शीर्ष नेताहरूले त्यही अनुसार तयारी थाले ।

बैचारिक, सांगठनिक र नीतिगत रुपमा सहमति भइसकेपनि एमालेको आन्तरिक समिकरण परिवर्तन भएको बुझाइका साथ प्रचण्डले भविश्यको आधारमा खोज्दा एकता घोषणा सभा प्रभावित भएको एकता संयोजन समितिका एक सदस्यले नेपालपाटी डटकमलाई जानकारी दिए । ती नेताले भने, ‘खासै समस्या केहीमा पनि छैन् । खाली यदि भोलि अवस्था अनुकुल भएन भने पार्टी फुटाएर जान सक्ने आधार प्रचण्डले खोज्दा एकता घोषणा सभा बैशाख ९ गते हुन नसकेको हो ।’

पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पु¥याउनुपर्ने नियम छ । राजनीतिक दल सम्बन्धि नियमावली २०७४ मा –संघीय संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन सक्ने व्यवस्था छ । प्रचण्डले सोही कारण कम्तिमा ४० प्रतिशत सुनिश्चितता खोजेको स्रोतको दावी छ ।

पछिल्लो समय प्रचण्डले सम्मानजनक ढंगले एकता हुनुपर्ने बताउँदै आएका छन् । एमाले नेताहरूले भने समानताको आधारमा एकता हुने तर, त्यो निरपेक्ष हुन नसक्ने बताउँदै आएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता गरेको भोलिपल्टबाटै समस्या नआओस भन्नेमा सचेत रहेको बताएका थिए । ‘हतारमा एकता गर्ने र पछि पछुताउने काम गर्दैनौँ’ उनले भनेका थिए ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले भने खुट्टा तासेरै भएपनि एकता हुने बताएका थिए । दुवै अध्यक्षले एकता कसैले पनि रोक्न नसक्ने र एकता घोषणाको मिति सरप्राईजकै रुपमा ल्याउने प्रतिवद्धता समेत जनाएका थिए ।

1102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank