एमाले स्थायी कमिटीको बैठक बस्दै, पार्टी एकतादेखि भारत भ्रमणसम्म एजेण्डा

सोमवार, बैशाख ३, २०७५



काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजेका लागि बैठक बोलाइएको छ । बैठकमा पार्टी एकता, पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको विषय लगायतमाथि छलफल हुनेछ ।

एकताका लागि प्रतिवेदन तयार पार्न गठित कार्यदलको प्रतिवेदन र विवादित विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्रीको भारत भ्रमण र त्यहाँ भएका छलफलबारे पार्टी अध्यक्ष समेत रहेका केपी ओलीले बैठकलाई ब्रिफिङ गर्नेछन् ।

252 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank