एकताबारे निर्णय लिन एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ । नेकपा एमालेले पार्टी एकताका बारेमा निर्णय लिन केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

विहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघि बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । बिहीबार बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । उक्त बैठक लगत्तै एमाले केन्द्रीय कमिटीको बैठक बस्नेछ ।

 

279 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank