कम्युनिष्ट विद्यार्थी अभियान शुरु

बिहिबार, मंसिर २०, २०७५



कञ्चनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी महाकाली ब्यूरो अन्तर्गत कम्युनिस्ट विद्यार्थी अभियान २०७५  शुरु भएको छ । अभियानको सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट अाैपचारिक रुपमा शुरु गरिएको हाे।

 अभियानको मुख्य उद्देश्य देशमा नक्कली कम्युनिष्टहरुको बिगबिगी बढिरहेको भन्दै असली कम्युनिस्टहरु को पहिचान र कम्युनिस्ट पार्टीका विद्यार्थी सङ्गठन को बारेमा सबै विद्यार्थीहरु लाई सचेत गराउने रहेको संगठनले जनाएको छ । अभियान मंसिर १८ देखी फागुन १८ गते सम्म देशव्यापी चल्ने जनाएको छ । अभियानको क्रममा नारा लेख्ने , पर्चा पम्प्लेट वितरण गर्ने , शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने ,स्नातक तह माथी अध्ययन सम्पुर्ण क्याम्पसहरु मा सङ्गठन निर्माण गर्ने रहेका छन् । त्यस्तै  सरकारी शैक्षिक संस्थाहरुमा सरसफाइ सहित अन्य अतिरिक्त क्रियाकलाप गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारी  महाकाली ब्युरो इन्चार्ज विरेन्द्र शाहले बताएका छन् ।

 अभियान  कंचनपुर , बैतडी ,डडेल्धुरा ,र दार्चुलामा समेत  संचालन हुने बताइएको छ । अखिल क्रान्तिकारी कंचनपुरका जिल्ला अध्यक्ष नरेन्द्र भाटको नेतृत्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी अखिल क्रान्तिकारी  महाकाली ब्युरो इन्चार्ज विरेन्द्र शाह रहेका थिए । त्यस्तै कार्यक्रममा सङ्गठन का केन्द्रीय सदस्य प्रकाश जप्रेल लगायत विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank