धुम्बाराहीमा ‘एमाले’ मेटाइयो, विष्णु पौडेलले थाले सांगठनिक काम

शुक्रबार, जेष्ठ ४, २०७५



काठमाडौँ । पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको साइनबोर्डमा रहेको ‘एमाले’ शब्द मेटाइएको छ । शुक्रबार पार्टी कार्यालयका कर्मचारीले नेपाल कम्युनिष्ट पार्टी पछाडि लेखिएको एमाले शब्द मेटेका हुन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय भएपछि कर्मचारीले नयाँ पार्टीको मात्र नाम राखेका हुन् । चुनाव चिह्न सूर्य नै राखिएकाले चिह्न भने हटाउन परेन ।

एमाले र माओवादी केन्द विघटन गर्दै नयाँ पार्टी दर्ताका लागि बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ । ४४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपलब्ध सदस्यहरूको हस्ताक्षरसहितका कागजात बोकेर सहअध्यक्षद्वय ओली र प्रचण्ड आफै आयोग पुगेका थिए । ‘नेपाल कम्युनिस्ट पार्टी’ पहिले नै आयोगमा दर्ता रहेकाले उनीहरूले पार्टीको नाम अन्डरलाइन (नेपाल कम्युनिस्ट पार्टी) गरेका छन् ।

यसैबीच पार्टी महासचिव विष्णु पौडेलले सांगठनिक काम थालेका छन् । पार्टी कार्यालय धुम्बाराही पुगेर उनले शुक्रबार काम थालेका हुन् । तत्कालिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडालाई भने सम्पर्क कार्यालय बनाउने तयारी छ ।

यसैबीच, नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीको नाम शुक्रबार सार्वजनिक गर्ने तयारी छ । सदस्यहरूको वरीयताक्रम मिलाउन बाँकी रहेको तथा कतिपय नाम नै थपघट हुन सक्ने नेताहरूले बताएका छन् ।

तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेशलगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने तयारी नेकपाको छ ।

एकीकृत पार्टीको एकता महाधिवेशन दुई वर्षपछि गर्ने सहमति भएको छ । तर कतिऔँ महाधिवेशन भन्ने टुंगो लागेको छैन् । छलफलबाट सवै विषय टुंगिने नेताहरूको भनाइ छ ।

899 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank