नेकपामा विवाद : पूर्व माओवादी ‘साइलेन्स’ पूर्व एमाले ‘भाइब्रेसन’ मोडमा

मङ्लबार, मंसिर १८, २०७५



काठमाडौं । पार्टी एकता टुङ्गो नलाग्दै नेपाल कम्युनिष्ट पार्टीमा अर्को विवाद सुरु भएको छ ।विवादित बनेको एशिया प्यासिफिक समिटका कारण नेकपा एमालेभित्र विवाद सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल सम्मेलनको पक्षमा खुलेर लागेपछि दुवै नेता विरुद्ध दोस्रो तहका नेताले मोर्चाबन्दी सुरु गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन देखिएका छन् । पूर्व माओवादी साइलेन्स मोडमा देखिएका छन् भने पूर्व एमालेले भाइब्रेसन ल्याएका छन् । ओलीले विवादस्पद संस्थाको कार्यक्रममा सहभागी जनाएर नेपालको अस्मिता, गरिमा र धार्मिक संस्कारमाथि प्रहार गरेको नेकपाका नेताहरुले नै खुला रुपमा बताउन थालेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, नेता वामदेव गौतम, भीम रावल लगायतका प्रभावशाली नेताहरु एक ठाउँमा उभिएका छन् । निम्ता पाएर पनि पछिल्लो कार्यक्रममा प्रचण्ड, खनाल सहभागि भएनन । समापन समारोहमा प्रचण्डलाई मुख्य अतिथि बनाईएको थियो । तर, प्रचण्ड विरामी भएको बहाना बनाएर गएनन् ।

युनिभर्सल पिस फाउण्डेशनका नेपालका अध्यक्ष एकनाथ ढकाल र उनको सस्थामाथि छानविनको माग पनि उठिरहेको छ । सरकार नै सहआयोजक भएको सस्थाको सरकार चलाउने पार्टीभित्रै छानविनको माग उठ्नु गम्भिर भएको एक नेताले बताए । उनका अनुसार आउने स्थायी समितिको बैठकमा केही नेताले यसलाई नै मुख्य एजेण्डा बनाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली पनि खासै यसमा सहभागी हुन ईच्छुक थिएनन् । तर, पार्टीकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालको पहलमा सहभागि भएको ओली निकटका नेताहरुले बताउने गरेका छन् । माधव नेपालले समिटको चेयर नै गरेका थिए ।

357 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank