भातृ संगठनको एकीकरणमा नेकपा, स्थायी समिति बैठक बालुवाटारमा

बिहिबार, असार २१, २०७५



काठमाडौं । नेकपाले पार्टीको विधानलाई अन्तिम रूप दिने तयारी थालेको छ । भातृ संगठनको एकीकरण गर्ने विधानको टुङ्गो लगाएर कार्यविभाजन गर्नेमा छलफल सुरु भएको छ । आज स्थायी समितिको बैठक बस्दैछ । भातृ संगठनको एकीकरणका लागि गठित कार्यदलहरूले प्रतिवेदन तयार गरिसकेकाले अब त्यसमा आधारित भएर स्थायी समितिले एकीकरणको टुंगो लगाउने छ ।

हिजो बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तयार गरेको छ । बिहीबार दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाइएको छ । ३२ विभाग बनाउनेदेखि विद्यार्थी, युवासहित पेशागत संगठनको एकीकरण प्रक्रिया अघि बढाउने अजेन्डामा सुरु हुने स्थायी समिति बैठकमा छलफल हुनेछ।

पार्टी एकीकरणपछि दोस्रो पटक स्थायी समिति बैठक बस्न लागेको हो । बैठकका लागि पार्टी र सरकारका काम कारबाही लगायत विषयका एजेन्डा तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा पनि छलफल हुनेछ ।

251 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank