नेकपाभित्र तीन धार, कसको गुट कति बलियो ?

मङ्लबार, पुस २४, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) भित्र तीन धार देखिएको छ । नेतृत्वको कार्यशैलीलाई लिएर सत्तारुढ नेकपाभित्र तीन धार देखिन थालेका छन् ।

तीन धार केन्द्रदेखि जिल्लासम्ममा नै देखिन्छ । पूर्वएमाले दुईतिर बाडिँएको छ भने पूर्व माओवादीका नेताहरु मध्यमार्गी रणनीतिमा छन्। सरकारको काम कारवाहीका विषयमा पूर्व एमाले समर्थ र विरोधमा उत्रिने गरेका छन् ।

पूर्व माओवादी सरकारको समर्थनमा बाेलेजस्तो गरेपनि मौन बसेर मध्यमार्गी बाटोमा हिडिरहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन बसेका कारण पूर्व माओवादी नेताहरुले पनि बीचको बाटो रोजेको हुने सक्ने एमालेका एक नेता बताउँछन् ।

पूर्व एमालेभित्र देखिएको प्रष्ट देखिएको गुटगत विवाद मिलाउन नसकिने भएर पूर्व माओवादी चुप लागेको हुन सक्ने विश्लेषण भइरहेको छ । तीनै धारले आफु बलियो बन्ने रणनीति खोजिरहेका छन् । तल्ला कमिटीको एकताले पूर्णता पाएको छैन ।

प्रदेश, जिल्ला, भातृ संगठनहरूको एकता प्रक्रिया जारी रहेको भए पनि अहिलेसम्म दुई पार्टी भावनात्मक रूपमा एक भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीको बुझाईमा  पूर्व एमालेकै नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले प्रधानमन्त्रीलाई घेराबन्दी हालेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ।  ओलीपछि बलियो गुट छ, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गुट  बलियो देखिन्छ। तत्कालीन माओवादीका नेताहरू उनीसँगै छन्।  तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपालको अलग्गै गुट छ।  उनको गुटमा एमालेमा प्रभाव राख्ने नेताहरु र पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठको साथ छ । तर बहुमत छैन ।   नेकपा भित्रका युवा पुस्ताका नेता भने भिन्न समूहका रूपमा अगाडि बढ्न खोजेका देखिन्छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments