एकता नहुँदै नेकपामा गुटगत समिकरणको अभ्यास

बिहिबार, कार्तिक ८, २०७५



काठमाडौं । पार्टी एकीकरण पूर्ण रुपमा टुङ्गो नलाग्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र गुटहरु जन्मिन थालेका छन् । माधवकुमार नेपालको असन्तुष्टि, वामदेव गौतमको सांसद बन्ने चाहाना, प्रदेशमा गरिएको नयाँ जिम्मेवारीले पार्टीलाई एकीकरण भन्दा गुटतिर धकेलेको छ । वरिष्ठ नेता नेपालले सचिवालयको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेपछि त्यसको पक्ष र विपक्षमा सचिवालयमा नरहेका नेताहरुबीच पनि बहस सुरु भएको छ । सचिवालय सदस्य नारायणाजी श्रेष्ठले बैठकमा नै समर्थन जनाएका थिए ।

प्रदेश इन्चार्च, सह–इन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव चयन गर्दा एकलौटी गरेको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल रुष्ट छन् । प्रदेश नम्बर ४ र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दोहोरो जिम्मेवारी दिएको भन्दै उनले ‘एक व्यक्ति एक पद’को अडान राखेका छन् ।

नेपालको असन्तुष्टिलाई नेता झलनाथ खनालले पनि सर्मथन जनाएका छन् । तर नोट अफि डिसेन्ट भने लेखेका छैनन । नेतृत्वले एकलौटी निर्णय गरेकोमा नेपालको पक्षमा देखिएका वामदेव गौतम भने सचिवालयको बैठकमा नेपालको एजेण्डामा मौन देखिए । सांसद बन्ने तयारीमा नेपालले सहयोग नगरेको उनको बुझाई छ ।

सचिवालय बैठकले नेता नेपालको लिखित असन्तुष्टिमा छलफल नगरेपछि अब स्थायी समितिमा प्रवेश पाउनेछ । १२ कार्तिकमा तय गरिएको स्थायी समिति बैठकमा पक्ष र विपक्षमा मत विभाजन देखिनेछ । ४६ सदस्यीय रहेका नेकपा स्थायी समितिमा नेपाल पनि बलियो देखिन्छन् । उनी पार्टीभित्र आफ्नो प्रभाव देखाउन चाहिरहेका छन् ।

नेपाल पक्षमा रहेका स्स्थायी समितिका सदस्यहरुले आन्तरिक छलफल गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि छलफलमा नै छन् । विवाद नेकपाको भएपनि पूर्व एमालेहरु नै गुटगत छलफलमा बढी व्यस्त देखिन्छन् । अध्यक्ष प्रचण्ड अध्यक्ष ओलिसँग निटक देखिन्छन् तर नेपालले उठाएको एजेण्डालाई अस्वीकार गरेका छैनन ।

स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी केन्द्रबाट १९ जना छन् । नेपालको पक्षमा १० जना खुलेर लाग्ने सदस्यहरु छन् । पूर्व माओवादीबाट स्थायी समितिका रहेका टोपबहादुर रायमाझि हरीबोल गजुरेल लगायतका केही नेता एमालले उठाएको एजेण्डाको पक्षमा छन् ।
तर नेपालले स्थायी समितिको अधिकार सचिवालयमा लैजाने प्रक्रियामा भूमिका खेलेको उनीहरुको आरोप छ । पछिल्ला केही घटना क्रमले नेकपामा गुट र नयाँ समिकरण देखिन थालेको एक नेताले बताए । ती नेताका अनुसार भित्रिरुपमा चारवटा समिकरण छन् । तर बाहिर सस्थापन पक्ष र नेपाल पक्षगरि दुई समिकरण जस्तो देखिएको छ । स्थायी समितिको बैठकपछि गुटको विवाद र समिकरण कता जान्छ निर्क्योल  हुने ती नेताको दावी छ ।

731 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank