तल्लो तहमा देखिएको विवाद समाधान गर्न नेकपालाई सकस

मङ्लबार, भदौ २६, २०७५



काठमाडौं । तल्लो तहमा देखिएको विवाद समाधान गर्न नेकपालाई सकस देखिएको छ । प्रमुख सत्तारूढ नेकपाले पार्टी एकतालगायत अड्किएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ ।

दुई अध्यक्षबीच भएको सोमबारको लामो छलफलले सचिवालयको बैठकबाट स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्लो तहको एकता पूरा भएको छैन । जिल्ला, प्रदेश, भ्रातृ संगठन सबैतिर विवाद छ । त्यसैले विवाद मिलाउने गृहकार्यका लागि पनि सचिवालय बस्न लागेको हो ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank