नेता कार्यकर्ता उपभोगवादी हुँदा कम्युनिष्ट आन्दोलनका लागि जोखिमः प्रचण्ड

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौं । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेताहरु विचलनतिर जान लागेको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन् । नेता कार्यकर्ता सिद्धान्त, जनताभन्दा उपभोगवादी भएको र त्यो कम्युनिष्ट आन्दोलनका लागि ठूलो जोखिम रहेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन् । । उनले राष्ट्रवादलाई एकता गर्न र समाजवादलाई जवजस्त लागु गर्न एकता अपरिहार्य रहेको बताए ।

‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज राजधानीमा आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले नेकपा (एमाले) सँगको एकता केही दिनभित्रमा नै हुने बताए।

अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भने ।

उनले भने, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।”

अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताए । उनले माक्र्सवाद विज्ञान भएकाले यसलाई वहस, छलफल र प्रयोगमा लैजानु पर्नेमा जोड दिए ।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank