ओली विनाको नेकपाको चियापान, टुकुचासम्म लाइन(फोटोफिचर)

शनिबार, कार्तिक १०, २०७५



काठमाडौं । सत्तारुढ दल नेकपाको चियापानले शनिबार भृकुटीमण्डपकाे माहोल बेग्लै थियो । मध्यान्न १२ बजेदेखि सुरु हुने भनिएको चियापानका लागि ११ बजेदेखि नै कार्यकर्ताहरु चियापान स्थलमा पुगिसकेका थिए । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ताको साँझसम्ममै बाक्लो उपस्थिति थियो ।

chiyapanचियापान समारोहमा उपस्थित नेता तथा कार्यकर्ताले पाहुनाहरुलाई स्वागत गरिरहेका थिए । ढोकामा  एक तहका नेता थिए भने भित्र पालमुनी राखिएका सोफामा उच्चतहका नेताहरु बसेर स्वागत गरिरहेका थिए ।

chiyapan 2बिचमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दायाँ पट्टी माधवकुमार नेपाल र बाँया पट्टी झलनाथ खनालले मन्द मुस्कानका साथ स्वागत गरिरहेका थिए । चियापान समारोहमा , वामदेव गौतम, सुवास नेम्वाङ्ग, भीम रावल, रामबहादुर थापा वादल लगायत नेताहरुकोको उपस्थिति थियो । सरकारका मन्त्रीहरु पनि सहभागि थिए । अरु उच्चतहका नेताहरु  लस्करै बसेका थिए ।chiyapan 5भृकुटीमण्डपको लाइन टुकुचासम्म  देखिन्थ्यो । लाइन नलागेकाहरुलाई स्वयसेवकले छिर्न दिएका थिएनन । चियापानमा पुगेका मन्त्रीहरु एक्लै घुमिरहेका देखिन्थे । कानुनमन्त्री भानुभक्त ढकाल भिडमा सेल्फी खिच्नेले घेरिएपछि एकछिन सुरक्षा गार्ड समेत हराएका थिए ।

कुटनीतिक नियोगका अधिकारीका लागि विशेष ठाउँको व्यवस्था गरिएको थियो । कार्यक्रममा चलिरहेको गीत संगितको माहोलले पत्रकारहरुलाई नेताहरुसँग कुराकानी गर्न अप्ठ्यारो भएको थियो । नेतासँग शुभकामना लेखिएको बोर्डमुनी सेल्फी खिच्नेको भिडभाड थियो ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विरामीको कारण शनिबार पार्टीले आयोजना गरेको चियापान समारोहमा उपस्थित हुन सकेनन् । प्रधानमन्त्री ओलीलाई रुघाखोकी र ज्वरो आएको छ ।

chiyapan 3 chiyapan 4

319 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank