नेपाल कम्युनिष्ट पार्टी मतदानको तयारीमा, कांग्रेस रोष्टम घेर्ने रणनीतिमा

सांसद निलम्बन विवाद

शुक्रबार, जेष्ठ ४, २०७५



काठमाडौँ । फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने वा नहुने विषय पेचिलो बनेको छ । सत्तासिन नेपाल कम्युष्टि पार्टी (नेकपा) निलम्बन गर्ने पक्षमा रहेकाले नेपाली कांग्रेस समस्यामा परेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठक कांग्रेसले अवरुद्ध गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी एक हुनुअघि नै माओवादी केन्द्र निलम्बन गर्नुपर्ने पक्षमा एमालेसँगै उभिएपछि असन्तुष्ट बनेको प्रतिपक्षी दलले शुक्रबार पनि संसदमा बिरोध गर्ने जनाएको छ ।

मस्यौदा समितिले फौजदारी अभियोग लागेका सांसदको सेवासुविधा रोक्का गर्ने तर निलम्बन भने नगर्ने गरी नियमावली मस्यौदा संसदमा प्रस्तुत गरेको छ । तत्कालिन एमालेका सांसदले निलम्बनको प्रावधान राख्न माग गर्दै संशोधन हालेका छन् । प्र्रतिपक्षी कांग्रेस, राजपा र संघीय समाजवादी फोरमका सांसदको असहमतिका कारण मस्यौदा पारितको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नयाँ गठन भएको कम्युनिष्ट पार्टीले मतदान प्रक्रियाबाट भएपनि नियमावली पारित गर्ने तयारी गरेको छ । मतदान प्रक्रिया अगाडि बढाईए कांग्रेसले संसद बैठक चल्न नदिने रणनीति बनाएको छ ।

104 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank