स्थायी कमिटीको बैठक पूर्व चार शिर्ष नेताबीच भेटवार्ता

बुधबार, असार १०, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अघि चार शिर्षस्थ नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णुप्रसाद पौडेलबीच स्थायी कमिटी बैठक पूर्व भेटवार्ता भएको हो।

दाहालका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाका अनुसार, चार नेता बीच भेटवार्ता भइरहेकाले स्थायी कमिटी बैठकमा केही ढिलो भएको छ। यी चार नेताबीच स्थायी कमिटीको अजेण्डाकै बारेमा छलफल भएको छ।

यस अगाडि दुई पटक स्थगित भएको स्थायी कमिटीको  बैठकमा अमेरिकी सहयाेग एमसीसी बारे छलफल हुने नेकपाले जनाएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ११ बजे बोलाइएको स्थायी कमिटी बैठक केहि बेर ढिलो गरि बस्ने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments