एमसीसीबारे निर्णय लिन नेकपाले बोलायो सचिवालय बैठक

आइतवार, जेष्ठ २५, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय बैठक आव्हान गरिएको छ ।  अमेरिकी सहयोग एमसीसीबारे निर्णय लिनका लागि नेकपाले सोमबार दिउसो चार बजेका लागि सचिवालय बैठक बोलाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यत अघि १७ जेठमा बसेको सचिवालय बैठकले एमसिसी संसदबाट पारित नभएसम्म यससँग सम्बन्धित काम रोक्ने निर्णय लिएको थियो । बैठकमा एमसिसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसी सल्लाहमा बैठक बोलाउने सहमति भएको थियो ।

अध्यक्षद्वयको सहमति अनुसार सोमबारका लागि बैठक बोलाइएको हो । एमसीसीबारे संसदमा अर्थमन्त्रीले प्रष्ट पार्ने बताएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले विगत तीन वर्ष देखि अनुदानमा नाममा आएका कार्यक्रमहरु बजेट मार्फत समेटिएको बताएका थिए । तर संसदले अनुमोदन नगरेसम्म अगाडि बढ्न नसक्ने जवाफ दिएका थिए । एमसीसीबारे सत्तारुढ दल भित्रै विवाद सिर्जना भइरहेको छ भने नेपाली कांगेस एमसीसी पास हुनुपर्नेमा जोड दिदैं आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments