नेकपा सचिवालयकाे बैठक सम्पन्र, एमसीसीबारे व्यापक छलफल पछि निर्णय हुने

शनिबार, जेष्ठ १७, २०७७



काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्र भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेकाे   पार्टी सचिवालयको अनौपचारिक बैठक  सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन ।

बजेटमा अनुसूचिमा रहेको बजेटको स्रोतमा उल्लेख भएको एमसीसी संसदमै विचाराधीन विषय रहेको हुनाले पछि निर्णय बमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पारिने थापाले जानकारी दिएका छन । एमसीसीबारे बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने नेकपा सचिवालय बैठकले जनाएकाे छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन भए वा नभएको अवस्थासम्म एमसिसीअन्तर्गतका काम राक्ने समझदारी बनेको जानकारी दिए । उनले भने ‘अनुमोदन नभएको अवस्थामा एमसिसीअन्तर्गतका काम अनुमोदन भएपछि गर्न सकिने काम पछि नै गर्ने र अहिले रोक्ने समझादारी बनेको छ ।’’

सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रित सदस्यका रूपमा रहेका थिए । एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा समेत छलफल  भएकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments