नेकपा सचिवालय बैठक शुरु

शनिबार, जेष्ठ १०, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरु भएको छ ।  बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसिरहेको छ ।

बैठकमा सरकारले केहि दिन अघि जारी गरेको नेपालको राजीतिक तथा प्रशासनिक झण्डा, एमसीसी पारीत गर्ने वा नगर्ने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसी जस्ता विषयमा छलफल केन्द्रित हुने जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments