भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्न नेकपा सचिवालयको सुझाव

शुक्रबार, जेष्ठ २, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सम्पन्न भएको छ ।

नौ सदस्ययी सचिवालय रहेको नेकपाका अधिंकाश सदस्यहरुले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्न सरकारलाई सुझाव दिएका छन ।

राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा सुझाव लिन सचिवालय बैठक डाकिएको थियो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीका तर्फबाट प्रधानमन्त्रीज्युले सुझाव माग गर्नु भयो, हामीले केही महत्वपूर्ण सुझावहरु दिएका छौं ।’ बैठकमा कृषि क्षेत्रलाई प्राथमिकता दिन,कोरोना कहरपछि थलिएको अर्थतन्त्रलाई उकास्ने गरि नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेकाे पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments