नेकपा स्थायी कमिटी बैठक स्थगित

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक स्थगित भएको छ ।  बिहिबार ११ बजे बस्ने भनिएको बैठक भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा स्थायी कमिटीकाे बैठक स्थगित गरिएको हो ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी भएको खुलेपछि जोखिम बढेको भन्दै बैठक स्थगित भएको नेकपाले जनाएको छ ।

उपत्यकामा फेरि कोरोना स‌ंक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यस अघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments