एक व्यक्ति एक पद भन्ने सवाल उठ्ने बित्तिकै बीचमै निस्किए प्रधानमन्त्री

बुधबार, बैशाख २४, २०७७



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक चलिरहेको अवस्थामा बीचमै बाहिरिएका छन् ।

नेकपा अध्यक्ष समेत रहेका ओली एक व्यक्ति एक पद भन्ने सवाल उठ्ने बित्तिकै काम छ भन्दै बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ । बिहीबार बस्ने स्थायी कमिटीको एजेन्डा माथि छलफल गर्ने क्रममा एकाएक बाहिरीको जनाइएको छ । ‘म थाकें’ भन्दै उठेर गएका प्रधानमन्त्री नफर्किएपछि नेकपा सचिवालय बैठक बिना निर्णय सकिएकाे छ ।

राजनीति प्रतिवेदनमा समेत अध्यक्षद्वय ओली प्रचण्डको असन्तुष्टि रहेको बताइएको छ । भोली नेकपा स्थायी कमिटीको बैठक बोलाएकाले त्यसको एजेन्डा माथि छलफल गर्न आजको सचिवालय बैठक बोलाइएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments