पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने नेकपा सचिवालयको निर्णय

बामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने

शनिबार, बैशाख २०, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सम्पन्न भएको छ ।

शनिबार बसेको नेकपा सचिवालयको बैठक पार्टीको आन्तरिक जीवनमा देखा परेको र संकटहरुलाई समाधान गर्ने गरि एकबद्धता गरि दृढ गर्ने संकल्प पार्टी एकतालाई कमजोर गर्ने कुनै पनि क्रियाकलापमा सहभागीमा नहुन नर्देशन दिएको छ । साथै  पार्टीको मार्ग निर्देशनमा सरकार संञ्चालन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।  प्रवक्ता श्रेष्ठका अनुसार बैशाख २५ गते स्थायी कमीटी बैठक बाेलाउने निर्णय भएकाे र  २४ गते सचिवालय बैठक बस्ने जानकारी दिए ।  नेकपा उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने काेराेना भाइरस बिरूद्द एकजुट भएर लड्ने  सहमती  साथ सचिवालय बैठक सम्पन्न भएको जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments