नेकपा सचिवालय बैठक बस्दै

शनिबार, बैशाख २०, २०७७



काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दै छ ।  शनिवार दिउसो चार बजे बस्ने नेकपा सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानबारे निर्णयमा पुग्ने बताइएको छ ।

बैठक बस्नु अघि केही नेताहरू प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेको बताइएको छ । गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिएर निकास ल्याउनु पर्ने आवाज उठेपछि प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । कोरोना महामारी सङ्कट पश्चात् आफू राजीनामा दिने, माधव नेपाललाई तेस्रो अध्यक्ष र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेसँगै बैठक २० गते सम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा भित्र गुटगत धारणा आउन थालेपछि विवादले उग्र रूप लिएको छ । नेता माधव नेपाल र अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग खुला गर्न अडान यथावत् राख्ने स्रोतले जनाएको छ । शुक्रबारसम्म प्रचण्ड(नेपाल पक्षबीच र आ(आफ्ना समूहबीच छुट्टै छलफल भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments