नेकपा सचिवालयको बैठक बस्दै

बुधबार, चैत्र ५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दैछ ।  म‌गलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा  अपरान्ह चार बजे बैठक बोलाइएको छ ।

बैठकमा कोरोना भाइरस रोकथाम, नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल हुने नेकपाले जनाएको छ ।  १८ फागुनमा सचिवालय बैठक बोलाएर मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली भोलिपल्टै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । २१ फागुनमा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यस यता नेकपा सचिवालय बैठक बस्न सकिरहेको थिएन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments