नेकपा सचिवालय बैठक स्थगित

आइतवार, माघ २६, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकुलका कारण आइतबार बस्ने भनिएको बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको एकता प्रक्रिया टुङ्ग्याउने विषयमा सचिवालय बैठक आव्हान गरिएको थियो । बैठकका विषयमा शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

स्वास्थ्यमा समस्याका कारण प्रधानमन्त्री ओलीले पहिलो पटक दरवारमार्गस्थित याक एण्ड यति होटलमा सरकारले आयोजना गरेको ‘सगरमाथा सम्बाद’ को राष्ट्रिय सम्मेलन उद्घाटन गर्न समेत गएनन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments