नेकपा केन्द्रिय कमिटी बैठकको ब्यानरबाट ओली-प्रचण्डको फोटो हटाउन माग

बुधबार, माघ १५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण बैठक शुरु बुधबार देखि शुरु भएको छ । बैठकको ब्यानरमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेकोमा नेताहरुले आपत्ती जनाएका छन ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र राजेन्द्र राईले ब्यानर साइडमा राखिएको अध्यक्षद्वयको फोटो हटाउन माग गरे। केहीदिन अघि नेकपाले जारी गरेको आचारसंहिताको प्रसंग उठाउँदै सदस्यहरुले बैठककोबीचमै मूल ब्यानर साइडमा राखिएको ओली–दाहालको फोटो हटाउन माग गरेका हुन्।

नेता खतिवडाले भने,दुई अध्यक्षको फोटो राख्ने निर्णय कुन बैठकले गरेको हो। बैठकको निर्णय हो भने माइन्यूट होला, पढेर सुनाउनु पर्यो। होइन भने फोटो तुरुन्त हटाउन पर्यो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments