सभामुखको नाम सार्वजनिक गर्न नेकपा सचिवालय बैठक बस्दै

आइतवार, माघ ५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ ।  सभामुखको बारेमा टुङ्गो लगाउन  आइतबार दिउँसो चार बजे सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहालबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख चयनका सम्बन्धमा छलफल भएको थियो । छलफलले के निश्कर्ष निकाल्यो भन्नेबारे  सार्वजनिक गरिएको छैन । स्राेतका अनुसार अग्नी साप्काेटालाई  सभामुख बनाउन प्रधानमन्त्री ओली सहमत भएको जनाइएको छ ।  सचिवालय बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments