नेकपा सचिवालय बैठक सम्पन्न, स्थायी कमिटीको बैठक सर्‍यो

आइतवार, पुस २०, २०७६



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार बसेको नेकपा सचिवालयको बैठकले आसन्न राष्ट्रिय सभाको निर्वाचन जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

बैठकले राष्ट्रियसभाको निर्वाचनकाे तयारीमा जुट्नुपर्ने कारण पुस २३ गतेदेखि हुने पूर्व निर्धारित पार्टी केन्द्रीय कमिटीको बैठक २०७६ माघ १५ गते हुने प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनाएका छन् ।

रिक्त १८ पदमा माघ ९ गते निर्वाचन हुँदैछ । त्यसका लागि आज सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments