नेकपा सचिवालयले टुङ्गायो राष्ट्रिय सभाका उम्मेदवार (सूची सहित)

शुक्रबार, पुस १८, २०७६



काठमाडाै । सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे  सचिवालय बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रवार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले माघ  नौ गते हुने राष्ट्रिय सभा सदस्यहरूको उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो ।

बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सूची एकलौटी रूपमा तयार गरी बैठकमा प्रस्तुत गरेको भन्दै केही नेताहरूले आपत्ति जनाएपछि बिना निष्कर्ष टुङ्गिएको थियो ।  आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदको निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट

याे पनि पढ्नुहाेस

राष्ट्रियसभा उम्मेदवार छनौट गर्न नेकपा सचिवालय बैठक जारी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments