राष्ट्रियसभा उम्मेदवार छनौट गर्न नेकपा सचिवालय बैठक जारी

शुक्रबार, पुस १८, २०७६



काठमाडौँ । राष्ट्रिय सभाको उम्मेदवार छनौट गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक जारी रहेको छ ।  आगामी माघ नौ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको छनौट गर्न बैठक जारी रहेको नेकपाले जनाएको छ । बिहीबार बसेको बैठक प्रधानमन्त्री ओलीले सूची एकलौटी रूपमा तयार गरी बैठकमा प्रस्तुत गरेको भन्दै केही नेताहरूले आपत्ति जनाएपछि बिना निष्कर्ष टुङ्गिएको थियो ।

बैठकमा प्रस्तुत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको सूची एकलौटी रूपमा तयार गरिएको भन्दै माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरूले आपत्ति जनाएका थिए । बैठकमा राष्ट्रियसभा सदस्यका लागि १६ जना उम्मेदवारको सूची एकलौटी रूपमा प्रस्तुत भएको बताइएको छ ।

आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदको निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्य तालिका छ। तर दलहरूले अझै उम्मेदवार तय गर्न सकेका छैनन् । त्यस्तै सभामुख चयनका लागि समेत बैठकले निर्णय गर्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments