नेकपा सचिवालय बैठक एजेण्डामा प्रवेश नगरि टुङ्गीयो

आइतवार, पुस १३, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक  टुङ्गीएको छ ।  आइतबार विहान नाै बजेकाे लागि बाेलाइएकाे बैठक  विषय वस्तुमा   प्रवेश नगरिकन टुङ्गीएको हाे  । सचिवालय बैठक करिव साढे नाै बजे मात्र शुरु भएपनि  उक्त बैठकमा सचिवालय सदस्यहरु प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम रक्षामन्त्री इश्वर पाेखरेल अनुपस्थित थिए ।

सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती राख्न र राजधानी हेटौंडा बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । सभामुख चयन र अमेरिकन परियाेजना एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने विषयमा बसेको सचिवालय बैठक बिना निश्षर्क टुङ्गीएको हो ।  बैठक एजेण्डामा प्रवेश नगर्दै सम्पन्न भएसँगै  केहि दिन भित्रमा सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

याे  पनि पढनुहाेस

सभामुखकाे टुङ्गो लगाउन नेकपा सचिवालय बैठक शुरु

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments