सभामुखकाे टुङ्गो लगाउन नेकपा सचिवालय बैठक शुरु

आइतवार, पुस १३, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएकोे छ ।  सभामुख उम्मेदवार चयन गर्नका  सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा लागि  शुरु भएको हो ।

संसदको हिउँदे अधिबेशन शुरु भएसँगै रिक्त रहेको सभामुख पदको विषयमा सत्तारुढ दलले सभामुखको टुङ्ग्यान सकिरहेको छैन । संघीय संसदले पुस ११ गते बोलाएको प्रतिनिधि सभाको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको थियो ।

निर्वमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालय कार्यरत एक महिलामाथि यौन दूव्र्यवहारको आरोपमा पक्राउ परेसँगै रिक्त रहेको सभामुख पदका लागि तत्कालिन नेकपा माओवादी र नेकपा एमालले आफु निकट व्यक्तिले पाउनु पर्ने माग गर्दै आइरहेका छन ।

संविधान अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनु पर्ने प्रावधानका कारण उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउन पहल गरिरहेको छ ।  उपसभामुख तुम्बाहाम्फेको राजीनामा नगर्दा सत्तारुढ दल भित्र विचित्रको राजनीतिक तंरक पैदा भएको छ ।

त्यस्तै नेकपाको स्थायी समिति बैठकले संयुक्त राज्य अमेरिकाले (एमसिसी) परियोजना अन्तर्गत दिने ५० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्ने  वा नस्वीकार्ने भन्नेबारे निर्णय गर्न सचिवालयलाई जिम्मा दिएको थियो। सो सम्बन्धमा समेत सचिवालयले  निर्णय गर्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments