ओली-प्रचण्डको संयूक्त अध्यक्षतामा सचिवालय बैठक सम्पन्न

आइतवार, मंसिर २९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सम्पन्न भएको छ ।  आइतबार बसेको सचिवालय बैठकको अध्यक्षता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयूक्त रुपमा गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समिति बैठकका लागि ५ वटा एजेण्डा तय गरेको छ। सचिवालय बैठकले स्थायी समिति बैठकको कार्यसूची तय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री तथा  अध्यक्ष केपी शर्मा ओली सहितको परामर्शका  आधारमा अर्का अध्यक्ष प्रचण्डले तय गरेको राजनीतिक प्रतिवेदन पहिलो कार्यसूचीका रुपमा स्थायी समिति बैठकमा पेश हुने जनाइएको छ ।

विधान संसोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण र विविध विषयमा केन्द्रीत रहने गरी स्थायी समिति बैठकको एजेण्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा पनि जानकारी गराएका थिए।  स्थायी समिति बैठक आजै दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments