नेकपाको उपनिर्वाचन समिक्षा बैठक सम्पन्न, तीनदिन भित्र रिपोर्ट बुझाउन निर्देशन
बुधबार, मंसिर १८, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले उपर्निवाचनको समिक्षा गरेको छ । नेकपा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको दाेस्राे सचिवालय बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समिक्षा गरेको हो ।
बैठकमा ५२ वटै तहमा सम्पन्न उपनिर्वाचनकाे समिक्षा भएकाे नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । बैठकपछि प्रवक्ता श्रेष्ठले भने, चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित पार्टी कमिटिलाई निर्देशन दिने निर्णय भएको छ । धरान उपहानगरपालिका र भक्तपुर जिल्लाकाे प्रदेशसभामा नेकपा पराजयबारे घनिभुत छलफल भएको थियो । बैठकले प्रधानमन्त्रीकाे सु-स्वास्थ्यको कामना समेत गरेको छ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments