नेकपा सचिवालय बैठक सम्पन्न, कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई

पाँच वर्षसम्म ओली प्रधानमन्त्री

बुधबार, मंसिर ४, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।  बैठकले नेकपा अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षसम्म प्रधानमन्त्री बनाउने निर्णय समेत गरेको नेकपाले जनाएको छ ।

बैठकले मन्त्रीमण्डल पूनर्गठन गर्ने भने पनि कुनै निर्णय लिन नसकेकाे नेकपाका प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए । मन्त्रीमण्डल पूनर्गठनकाे विषय प्रधानमन्त्रीकाे क्षेत्राधिकार भएकाले कुनै निर्णय नभएकाे प्रवक्ता श्रेष्ठले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata