चार बजे नेकपा सचिवालय बैठक बस्दै,महत्वपूर्ण निर्णय हुने

आइतवार, मंसिर १, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दै छ ।  बैठक आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ ।

यस अघि तयारी नपुगेको भन्दै स्थगीत गरिएको बैठकमा समसायिक विषय र मन्त्रीपरिषद पूर्नगठनका विषयमा छलफल हुने जनाइएको छ । ग्राण्डी अस्पतालमा मृगौलाको  डाइलासिस पश्चात द्रुत गतिमा सरकार र पार्टीकाे काम  हाँक्न चाहेका प्रधानमन्त्री केपी शर्मा ओली  आन्तरिक समिकरणलाई जोगाउँदै अर्थपरक परिवर्तन गर्न हतारिएका छन ।

पछिल्लो समय सरकारमा ठूलै परिवर्तन गर्न चाहेका उनी असिमित बाध्यताले थिच्दा गियर परिवर्तन गर्न सकिरहेका छैनन । आज हुने सचिवलाय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक र महत्वपूर्ण निर्णय गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पने जनाइएको छ ।

स्रोतले बताए अनुसार निकट भविष्यमा थप उपचारको निम्ति प्रधानमन्त्री ओली विदेश रहँदा पार्टी र सरकारमा कुनै किसिमको तलमाथि नपर्ने ढंगले मन्त्रीपरिषद पूर्नगठन गर्न पात्रहरुको चयन गर्ने अधिकार प्रधानमन्त्रीलाई बैठकले सुम्पने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata