नेकपा सचिवालय बैठक स्थगित

शुक्रबार, कार्तिक २९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ ।  बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

आजको बैठकमा पार्टी र सरकारबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको भए पनि बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ । सचिवालय बैठकले मन्त्रीपरिषद पूर्नगठन बारे समेत छलफल हुने बताएको थियो । केपी शर्मा ओलीले उक्त विषयमा केही दिन यता शिर्ष नेतृत्वसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata