नेकपा सचिवालय बैठक सम्पन्न, आयोगले पायो प्रमुख

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्मपन्न भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न आयोगका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकाया चयन भएको जानकारी दिए।

त्यस्तै केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठ, सचिव माधव पौडेल, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्षमा पुष्प कडेँल, सचिव टेकनाथ आचार्य चयन भएका छन् । नेकपाको विधानमा केन्दीय आयोग बनाउने व्यवस्था रहेको छ।

सचिवालय बैठकले केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल, सचिव नन्दकुमार थापा, जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्दकुमार प्रसाई, सचिव गोविन्द ज्ञवालीलाई चयन गरेको छ।

नेकपाले प्रवास कमिटीले नबनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले विदेशमा रहेका नेपालीलाई कसरी समेट्ने भन्ने विषयमा पार्टीमा थप छलफल गरिने बताए । श्रेष्ठले पार्टीको बैठकमा मन्त्री परिषद् फेरबदलबारे छलफल नभएको बताए । नेकपाले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको सन्दर्भमा गम्भीर रुपमा लिएको छ ।

सरकारले भारतका लागि नेपाली राजदूत निलम्बर आचार्य मार्फत भारतमा कुटनीतिक पहल थालिएको प्रधानमन्त्रीले बैठकमा जानकारी गराएको श्रेष्ठले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata