नेकपाले गर्यो सातवटै प्रदेश प्रमुखको नाम सिफारिस

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातवटै प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके),  शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरिएको नेकपाले जनाएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्। कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्ने नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिएका छन ।  मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई नेकपाले  सिफारिस गरेका नामहरुलाई अनुमोदनका लागि सिफारिस गर्नेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata