नेकपा सचिवालय बैठक बस्दै

बुधबार, भदौ २५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्नेछ । बैठकमा पार्टी एकताका बाँकी काम टुङ्ग्याउने बारे छलफल हुने नेकपाले जनाएको छ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा गत भदौ ९ गते बैठक आव्हान गरेका थिए ।

उक्त बैठकले चार जना केन्द्रिय सदस्य नियूक्त गरेको थियो । पार्टी एकता अन्तरगत प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी रहेकाले आजको बैठकबाट टुङ्ग्याउने नेकपाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata