नेकपाले लियो एक्सन, लिखु तामाकोशी गाउँपालिका अध्यक्ष निलम्बीत

आइतवार, भदौ २२, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको अनुशासन विपरित काम गरेकाे भन्दै लिखु गाउँपालिका अध्यक्षलाई निलम्बीत गरेको छ ।

तत्कालिन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नै कार्यकर्तालाई झुटा मुद्धा लगाएर फसाएको आरोपसहित कार्बाही गरेको जनाएको छ ।

नेकपा रामेछाप जिल्ला कमिटी सदस्य समेत रहेका खड्कालाई रामेछाप नेकपा ३ नम्बर प्रदेश कमिटीले ठाडो कारबाही गरी कार्यान्वयनका लागि जिल्ला कमिटीमा निर्देशन गरेको हो ।

अध्यक्ष खड्काले २ करोड रुपैयाँ चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको गलत सुचनाका आधारमा तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गरेको आरोप लगाएको छ । पार्टीले उनलाई निलम्बन   गरेपछि उनको पद धरापमा परेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata