नेकपामा अब ४४५ केन्द्रिय सदस्य

सोमवार, भदौ ९, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रिय सदस्यको संख्या थपिएको छ ।  ४४१ सदस्य रहेको नेकपाको केन्द्रिय सदस्यमा चार जना नयाँ सदस्य थपिएका छन ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यवहाक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको बैठकले चार जना केद्रिय सदस्यहरु थप गरेको हो ।  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारको क्रममा सिंगापुर रहेको समयमा अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएका थिए ।

विगतमा माओवादी आन्दोलनसँग जोडिएका उनीहरु माओवादी पार्टीको विग्रहको समयमा विभिन्न पार्टीमा प्रवेश गरेका थिए । पछिल्लो समय अन्य पार्टीबाट मोह भंग हुँदै नेकपमा प्रवेश गरेका उनीहरु जिम्मेवारी विहिन थिए ।

सोमबारको बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण राईलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata