स्कुल विभागको कारण नेकपा सचिवालय बैठक अनिश्चित

मङ्लबार, साउन २८, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक स्थगित भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महत्वपूर्ण विभाग मध्य स्कुल विभागमा आकाक्षी धेरै जना देखिएपछि बैठकको तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

दुई साता अघि स्थगित बैठक साउन २८ गते तोकिएको थियो । पार्टीका ३३ वटा विभागको नेतृत्व मध्य स्कुल विभागमा पूर्व एमाले र माओवादीको अडान जारी रहेसँगै बैठक बस्न नसकिएको जनाइएको छ ।

स्कुल विभागको नेतृत्वको समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको सचिवालयले जनाएको छ ।

नाम नबताउने सर्तमा नेकपाका एक सचिवालय सदस्यले बैठक कहिले बस्ने हो भन्नबारे अझै अन्यौलता रहेको र अनिश्चित जस्तै रहेको जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata