नेकपा सचिवालय बैठक बस्दै !

बिहिबार, साउन ९, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा एक बजेपछि बस्ने भएको हो । बैठकमा पार्टीका विभिन्न विभागको नेतृत्व टुंग्याउने नेकपाको तयारी छ ।

विवाद देखिएपछि स्कुल विभाग भने अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले नै राख्ने तयारी थालेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभाग आफूले पाउनुपर्ने दाबी नछाडेपछि अध्यक्षद्वय आफैले स्कुल विभाग राखेर एकताको बाँकी काम सक्ने तयारी अघि बढाएका हुन् ।

स्कुल विभागको विवादकै कारण यसअघि मंगलबारका लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको थियो । पार्टीको ३२ विभागमध्ये तत्कालीन एमालेको भागमा १८ र माओवादी केन्द्रको भागमा १४ वटा विभाग परेका छन् ।

भर्खरै प्राप्त सुचना अनुसार तयारी नपुगेको भन्दै बैठक स्थगित भएको जनाइएको छ । बैठक कहिले बस्ने बारे अन्यौलता छाएको देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments