नेकपा सचिवालयले टुंग्यायो जिल्ला इन्चार्ज र सहइन्चार्ज

आइतवार, साउन ५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुग्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो। बैठकले पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंग्गो भने लगाउन नसकेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

इन्चार्ज र सहइन्चार्जको नामावली भने आज बेलुका पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सचिवालयको अर्काे बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ। ३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata