नेकपा सचिवालय बैठक शुरु

आइतवार, साउन ५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकबाट जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चलगायतका विषय टुंगो लगाउने तयारी छ। सचिवालय बैठक बस्नु अघि पूर्व माओवादी केन्द्र निकटको गोप्य बैठक बसेको थियो । बिहान ७ बजेदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले आफूले पाएका विभागका नेतृत्वबारे छलफल भएको जनाएको छ ।

पूर्व एमाले नेताहरूको पनि बिहीबार, शुक्रबार र शनिबार लगातार तीन दिन छलफल भएको थियो। पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata