नेकपा सचिवालय बैठक बस्दै

मङ्लबार, जेष्ठ २१, २०७६



काठमाडौं । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दैछ । यस अघि  तयारी नपुगेको भन्दै स्थगित भएको बैठक आज बस्न लागेको हो ।

विभागीय जिम्मेबारी बाँडफाँड लगायतका विषयमा सहमति जुटाउन सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रिय सदस्यहरुको कार्यविभाजन, शिर्ष नेताहरुको जिम्मेवारी र विभिन्न विभागको नेतृत्व चयनका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्नेमा विवाद छ । त्यस्तै संगठन विभाग, विदेश विभाग, राजकीय मामिला विभागमा आकांक्षी धेरै भएकाले कुरा मिल्न नसकेको स्रोतले जनाएको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata