नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै

शुक्रबार, जेष्ठ ४, २०७५



काठमाडौँ । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयको अवलोकन गर्ने भएका छन् ।

एमाले र माओवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले अाज दिउसाे ४ बजे  दुवै कार्यालय अवलोकन गर्ने भएका छन् ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शुक्रबार धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

490 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank