नेकपा सचिवालय बैठक सम्पन्न, सरकारलाई दियो सुझाव

सोमवार, बैशाख १६, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिएको हो ।

सोमबार बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बसेको नेकपा सचिवालयको बैठकले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिइएको बताए ।

यहि बैशाख २० गते शुक्रबारका दिन नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी रहेको छ । सोमबारबाट वर्षे अधिवेशन हुँदैछ ।  बैठकमा नेताहरुले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचन घोषणापत्रमा केन्द्रित हुँदै  नीति तथा कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata